Logo

Breaking News 1

यी प्रदेशमा छ आज वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

जसका कारण देशका केही स्थानमा वर्षाको पूर्वानुमान छ । कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति कोसी र मधेश प्रदेसलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ ।

कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : ३२ बजे