Logo

Breaking News 1

नेपाल एयरलाइन्सले थाल्यो चीनको ग्वान्जाओ उडान



काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वान्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबार (असोज ११)देखि काठमाडौं–ग्वान्जाओ–काठमाडौं नियमित उडान सञ्चालन गरेको हो ।

निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार, काठमाडौँबाट शनिबार दिउँसो ग्वाञ्जाओ उडेको विमान ग्वाञ्जाओबाट एक सय सात यात्रु लिएर आइतबार काठमाडौँ फर्किएको छ । पूर्वनिर्धारित तालिकाबमोजिम नै ग्वाञ्जाओमा नियमित उडान हुनेछ ।

निगमले हरेक हप्ता तीनवटा नियमित उडान गर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज १२ गते हुने र त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते हुने उडान पनि तय भएको छ । त्यसपश्चात् प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौँबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर रु ३० हजार र दोहोरो टिकट रु ५० हजार तोकिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : ०८ बजे