काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा हुँदा भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको दाबी गरेका छन् । बडादशैंको अवसरमा गुण्डुमा युवा संघको खुला कार्यक्रममा बोल्दै उनले आफू सरकारमा हुदाँ भ्रष्टाचार नगरेको र गर्न दिनु हुँदैन् भन्ने संकल्पका साथ जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरा सँधै जोड दिँदै आएको बताए ।
वर्तमान समयमा कसैले देशको पक्षमा बोल्यो भने त्यसलाई ‘झोले’ भन्ने चलन नै चलिसकेको पनि उनको भनाई छ । उनले भने, ‘कसैले देशको पक्षमा बोल्यो भने त्यसलाई झोले भन्ने चलन नै चलिसक्यो । ०७४ मा सरकार बन्यो त्यो सरकारले असाधारण दृष्टीकोणहरु प्रस्तुत गर्यो र तिनीहरुको कार्यान्वयन गर्दै गयो । शुसासन र विकासमा ध्यान केन्द्रित गर्यो ।
शुसासनको क्षेत्रमा धेरै कामहरु भए, विकासका क्षेत्रमा नयाँ नयाँ मोडल, तरिका र चिन्तनका अगाडि बढ्यौं । भ्रष्टाचार उन्मुलन भयो भन्दिन म, तर सकेसम्म नियन्त्रण गर्यौं । म सरकारमा हुँदा आफूले भ्रष्टाचार गरिन र सकेसम्म अरुलाई पनि गर्न दिएको छैन । फेरि पनि गर्दैनौं र गर्न दिँदैनौं भन्ने संकल्पका साथ जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरा सँधै जोड दिँदै आएका छौं ।’
प्रतिक्रिया