Logo

कोशी

भवनविहीन कोशी प्रदेशसभाको अधिवेशन अन्त्य


१० आश्विन २०८२, शुक्रबार  

23
Shares

विराटनगर । कोशी प्रदेशसभाको सातौँ तथा चालु बजेट अधिवेशन औपचारिक रुपमा अन्त्य भएको छ । तर यसपटक अधिवेशनको अन्त्य सामान्य प्रक्रियाबाट नभई भवनविहीन अवस्थाको बाध्यताले भएको हो ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक समूहले प्रदेशसभा भवन र सचिवालयमा आगजनी गरेपछि विधायिकाको मूल आधार नै ध्वस्त भएको छ । सभाभवन पूर्णरूपमा नष्ट भइसकेको छ भने सचिवालय भवन समेत प्रयोगअयोग्य बनेको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले चालु अधिवेशन अन्त्य गरी नयाँ कार्यालय खोजीको कार्यलाई तीव्रता दिने निर्णय गरेको छ ।

कोशी प्रदेशमा बजेट पारित भइसके पनि कानुन निर्माणदेखि नीति छलफलसम्मका कार्यहरू रोकिएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : ०६ बजे