काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)का महासचिव इन्द्र देव मिश्रले जलवायु परिवर्तनले पर्यटन क्षेत्र र कृषि क्षेत्रमा गम्भिर असर परेको बताएका छन् ।
शुक्रबार आयोजित जलवायु परिवर्तन र न्यायोचित रुपान्तरण ः श्रम, रोजगारीका चुनौती एवं अवसरहरु र सञ्चारको भूमिका विषयक संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनले पर्यटन क्षेत्र र कृषि क्षेत्रमा बेरोजगारको समस्या आएको बताएका हुन् ।
उनले भने, ‘बाहिरका पर्यटकहरु हिमाल हेर्न आउछन् र हिउँ परेको ठाउँमा हिउँ खेल्न आउछ तर हिउँ पग्लिएर नाङगो भएको छ । त्यो हेर्न को आउछ र त्यसमा काम गर्ने श्रमिकहरु बेरोजगार हुन्छन् । यता कृर्षि गर्न पनि समयमा पानी पर्दैन । कुसमयमा बाढी आएर सबै बगाएर लैजान्छ । त्यो कृषिमा पनि काम गर्न सकिदैन ।’
उनले अत्याधिक गर्मिले दिनभरी काम गर्न सक्ने अवस्था नरहको पनि बताए । उनले जलवायु परिवर्तनको पर्यटन क्षेत्र, औधोगिक क्षेत्रलगायत अन्य क्षेत्रमा समेत परेको बताए ।
प्रतिक्रिया