Logo

मुख्य समाचार

तीनसय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा


१० आश्विन २०८२, शुक्रबार  

92
Shares

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थितबाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

असोज १० गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–५ स्थित सडक साइडमा वेवासिसे अवस्थामा रहेको कारलाई शंका लागेर चेकजाँच गर्दा उक्त कारभित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ७ : २८ बजे