काठमाडौं – अर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूको अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गर्न गृह तथा रक्षा मन्त्रालयलाई पत्र पठाएको छ।
मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार, पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डअनुसारका सेवा सुविधा मात्र प्रदान गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो।
पत्रमा भनिएको छ, “कानुनबाहेक उपलब्ध गराइएका सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न/गराउन अर्थ मन्त्रालयले गृह तथा रक्षा मन्त्रालयलाई २०८२/०६/१० मा पत्राचार गरेको छ।”
अर्थ मन्त्रालयले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने उद्देश्यले यस कदम उठाइएको जानकारी दिएको छ।
प्रतिक्रिया