Logo

मुख्य समाचार

जोगबनी बजार तनावग्रस्त, नेपाल–भारत सीमा अस्थायी बन्द


१० आश्विन २०८२, शुक्रबार  

138
Shares

विराटनगर । भारतको जोगबनी बजारमा समुदायबीच विवाद बढेपछि स्थानीय प्रशासनले बजार बन्द गर्ने निर्णय गरेको छ। विवादको सुरुवात इस्लाम धर्मगुरु पैगम्बरबारे टीकाटिप्पणी भएपछि भएको बताइएको छ।

यसैबीच, दसैँको किनमेलका लागि नेपालबाट ठूलो संख्यामा उपभोक्ता जोगबनी जाने तयारीमा थिए, तर मोरङ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित जोखिमको कारण नेपालतर्फको सीमा अस्थायीरूपमा बन्द गरिएको जानकारी दिएका छन्।

सीमामा पुगेका धेरै नेपाली उपभोक्ता फर्किएका छन्। जोगबनीमा अहिले नाराबाजी जारी छ भने ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको छ।

चाडपर्वको समयमा सस्तो बजारको कारण नेपालीहरू भिड्ने गरेका जोगबनीमा यसपटक तनाव र सुरक्षाको कारण किनमेल प्रभावित भएको छ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ३ : ०१ बजे