Logo

समाचार

भौतिक पूर्वाधार मन्त्रालयले सेवाग्राहीका गुनासो सुन्न इमेल र फोन सुविधा सञ्चालन


१० आश्विन २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो मातहतका निकायमा हुने सेवाप्रवाहबारे गुनासो दिने व्यवस्था गरेको छ।

मन्त्रालयले कर्मचारीले काम नगर्ने, ढिलासुस्ती गर्ने, अनावश्यक हैरानी दिने, सेवाग्राहीसँग दुर्व्यवहार गर्ने वा घुस माग्ने जस्ता गुनासोहरू [email protected] मा इमेल पठाएर वा ०१–४२११९४५ नम्बरमा फोन गरेर गर्न सकिने व्यवस्था गरेको जनाएको छ।

मन्त्रालयका अनुसार सेवाप्रवाहमा पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गर्न यो व्यवस्था लागू गरिएको हो।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १ : ४५ बजे