काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबका कारण रोकिएका सबै अनुसन्धान फाइल अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका छन्।
शुक्रबार सीआईबी कार्यालयको निरीक्षणका क्रममा मन्त्री अर्यालले विभिन्न ठूला मुद्दाको अनुसन्धान निष्पक्ष रूपमा गर्न आदेश दिएका हुन्। उनले राजनीतिक कनेक्सनका कारण अड्किएका सबै फाइल खोल्ने र अनुसन्धान अघि बढाउने कार्य तत्काल सुरु गर्न आग्रह गरे।
निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री अर्यालले भने, “सबै फाइलको ब्रेकथ्रू हुन्छ, राजनीतिक दबाबका कारण रोकिएका फाइलहरू अघि बढ्छन्।”
हालै मात्र सरकारले सीआईबी प्रमुखमा एआईजी मनोज केसीलाई नियुक्त गरेको छ।
प्रतिक्रिया