Logo

समाचार

रास्वपाले १० महिनादेखि भाडा नदिएपछि घर खाली गर्न सूचना


१० आश्विन २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई कार्यालय रहेको घर खाली गर्न घरधनीले तीन महिनाको सूचना दिएका छन् । पार्टीले १० महिनादेखि भाडा नबुझाएपछि घरधनी भरत देवकोटाले यस्तो सूचना दिएका हुन् ।

देवकोटाका अनुसार पार्टीसँग प्रतिमहिना साढे तीन लाख रुपैयाँमा सम्झौता भएको थियो । तर सम्झौताअनुसार लामो समयदेखि भाडा नबुझाएको र सुरक्षाको जोखिम बढेकाले घर खाली गर्न आग्रह गरिएको हो ।

१० वर्षका लागि भएको सम्झौतामा प्रत्येक तीन वर्षमा समीक्षा गर्ने व्यवस्था भए पनि उनले सम्झौताअनुसार तीन महिना अगाडि सूचना दिइसकेको बताए ।

देवकोटा रास्वपाको अनुशासन आयोगका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १२ : १२ बजे