Logo

समाचार

बाजुराको गौमुल गाउँपालिका अम्लिसमा फोरजी सेवा सञ्चालन


१० आश्विन २०८२, शुक्रबार  

23
Shares

बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर १ अन्तर्गत अम्लिस, अन्द्राडी, माडी, दुर्गाली तथा वडा नम्बर २ का विभिन्न गाउँहरूमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ ।

थुप डाँडामा निर्माण गरिएको नयाँ टेलिकम टावरमा आवश्यक उपकरण, सोलार प्यानल, ब्याट्री तथा विद्युत आपूर्ति प्रणाली जडान भएपछि सेवा सञ्चालनमा ल्याइएको हो ।

फोरजी सेवा सञ्चालनमा आएपश्चात् सञ्चार क्षेत्रमा ठूलो सहयोग पुगेको माडीका स्थानीय जनक बोहराले बताए । अहिले गाउँमा नियमित फोन र फोरजी सेवा सञ्चालन हुँदा स्थानीयलाई टाढाटाढा रहेका आफ्ना आफन्तजनहरुसंग कुराकानी गर्न सहज भएको बोहराले बताए ।

भौगोलिक विकटता र प्राविधिक चुनौतीका कारण सेवा विस्तारमा केही  ढिलाइ भएको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताए । सेवा विस्तार ढिलाई भए पनि स्थानीयहरुलाई फोरजी सेवा सुविधा उपलब्ध गराउन सफल भैइएको उनले बताए ।

फोरजी सेवाले यहाँका नागरिकहरुको दैनिक सञ्चार क्षेत्रमा ठुलो सहयोग पुग्ने अपेक्षा लगिएको उनले बताए । पालिकाका सबै टोलमा सेवा सुविधा नपुगे पनि विस्तारको तयारी भईरहेको अध्यक्ष रोकायाको भनाइ छ ।

फोरजी सेवा सञ्चाल पश्चात् स्थानीयलाई सामाजिक सञ्जालबाट गरिने कार्यमा सहज हुने भएको हो । अनलाइनबाट गरिने कार्यको लागी अब सदरमुकाम मार्तडीमा धाउनुपर्ने बाध्यता हटेको हो । यस अघि फोरजी सेवा सञ्चालन नहुँदा स्थानीय अनलाइनबाट हुने सानो कामको लागी पनि टाढाटाढा धाउनुपर्ने बाध्यता थियो ।

अन्द्राडी लघुजलविद्युत आयोजनाबाट टावरमा विद्युत आपूर्ति गरिएको छ, जसले सेवा सञ्चालनमा ठूलो भूमिका खेलेको छ । वडा नम्बर १ का विभिन्न गाउँ बस्ती त्यस्तै दुई नम्बर वडाका कतिपय गाउँमा २४ घण्टा नियमित रूपमा फोन र फोरजी सेवा उपलब्ध हुने भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ८ : ०२ बजे