काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेपछि पार्टीभित्र तीव्र मतभेद देखा परेको छ। प्रचण्डले विशेष महाधिवेशनसँगै पार्टीका पदाधिकारी र केन्द्रीय समिति भंग गर्ने प्रस्ताव राखेका थिए।
तर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले उक्त प्रस्तावमा असहमति जनाएका छन्। श्रेष्ठले मंसिरमा विशेष महाधिवेशन सम्भव नभएको स्पष्ट पार्दै महाधिवेशन आगामी निर्वाचनपछि मात्र गर्नुपर्ने धारणा राखेका छन्।
उपमहासचिव शर्माले भने पार्टीभित्रको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै सबै पदाधिकारीले राजीनामा दिनुपर्ने र निर्देशक समिति गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
पार्टीको भावी दिशा निर्धारण गर्न बोलाइएको बैठकमा देखिएको मतभेदले माओवादी केन्द्रको आन्तरिक राजनीति थप जटिल बन्ने संकेत देखिएको छ।
प्रतिक्रिया