Logo

राजनीति

नयाँ पुस्तालाई जिम्मेवारी दिन अध्यक्ष प्रचण्डको प्रस्ताव आएको छ : उपमहासचिव पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भूमिका बदलेर सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्तालाई दिन तयार रहेको बताएका छन् ।

बिहीबार केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने प्रचण्डकै प्रस्ताव रहेको भन्दै यस विषयमा खुला छलफल हुने जानकारी दिए ।

उनले भने,‘उहाँ आफैंले पनि गएको साउनमा प्रस्ताव नै राख्नुभएको थियो । म अब मेरो भूमिका बदल्छु भनेर भन्नुभएको थियो । सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्यो भनेर प्रस्ताव अघि सार्छु भनेर भनिएको थियो । संयोगवस अहिले जेनजी आन्दोलनपछि समाजमा युवाहरुमा नयाँ भावना आयो । अब महाधिवेशनमार्फत एउटा विधि बनाऊ, म पनि सक्ने योगदान गर्छु र समाज एवम देशलाई । पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्न चाहन्छु । त्यसका लागि एउटा विधि र प्रक्रियामा जाऔँ भनेर उहाँले नै प्रस्ताव राख्नुभएको छ । त्यसलाई पार्टीले स्वीकारेको छ । अब ओपन छलफल गर्छ ।’

त्यस्तै उनले जेनजीहरुको आन्दोलनलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १ : ४७ बजे