काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल आज भारतसँग भिड्दै छ ।
नेपाल सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बनेर प्रवेश गरेको थियो । समूह ‘ए’ मा तीन अंक बनाएको नेपालले समूह चरणमा भुटानलाई २–० ले हराउँदा बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।
भारतले भने समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । समूह ‘बी’ मा नौ अंक बनाएको उसले पाकिस्तानलाई ३–२, भुटानलाई १–० र माल्दिभ्सलाई ६–० ले हराएको थियो ।
प्रतिक्रिया