Logo

मुख्य समाचार

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता



सिन्धुपाल्चोक — जिल्लाको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा बुधबार दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङकी १७ वर्षीया फूलमाया लामा र उनकी पाँच वर्षीया बहिनी मनमाया लामा जुगल गाउँपालिका–२ गोल्छेस्थित मामाघर जाँदै गर्दा करिब ४:४५ बजे सडकमाथिबाट आएको लेदोसहितको पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए।

घटनापछि इलाका प्रहरी कार्यालय जलबिरेका प्रहरी निरीक्षक गजेन्द्र रावतको नेतृत्वमा १० जनाको प्रहरी टोली परिचालन गरी खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ८ : ०२ बजे