Logo

राजनीति

विशेष महाधिवेशनबारे शेखर–गगन सकारात्मक



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाबीच पार्टीको नेतृत्व परिवर्तन र विशेष महाधिवेशनबारे बुधबार छलफल भएको छ।

भदौ २३ र २४ पछि बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको आगामी रणनीति तय गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने माग गर्दै आएका कोइराला र विशेष महाधिवेशनको पक्षमा रहेका महामन्त्री थापाबीचको छलफल नेतृत्व परिवर्तनमा केन्द्रित भएको निकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार दुवै नेता नियमित महाधिवेशन समयमै सम्पन्न गर्न सकिने अवस्था नभएको निष्कर्षमा पुगेका छन्। फागुन २१ मा हुने निर्वाचन अघि नयाँ नेतृत्वसहित पार्टीलाई लैजान विशेष महाधिवेशन नै उपयुक्त हुनेबारे दुवै नेताबीच सकारात्मक कुराकानी भएको बताइएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ४६ बजे