Logo

अर्थ

सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घटायो, दशैं अफर अन्तर्गत ५० हजारसम्म क्यासब्याक



काठमाडौं – सामसङ नेपालले दशैं पर्वलाई लक्षित गर्दै आफ्ना फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ को मूल्य घटाएको छ। कम्पनीले यी नयाँ पुस्ताका स्मार्टफोनमा ५० हजार रुपैयाँसम्मको क्यासब्याक अफर प्रदान गरेको छ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, “सामसङमा हामी रूपान्तरणकारी प्रविधिलाई सबैका लागि सुलभ बनाउन प्रतिबद्ध छौँ। यस पर्वमा विशेष मूल्यमा फोन उपलब्ध गराई ग्राहकलाई ग्यालेक्सी अनुभव गराउने हाम्रो लक्ष्य हो।”

नयाँ मूल्य कटौतीसँगै ग्राहकहरूले नेपालभरका प्रमाणित सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवा प्रयोग गरेर शून्य ब्याजमा ईएमआई (सस्तो किस्ता) मार्फत फोन किन्न सक्नेछन्। यस योजनामा १८ महिनासम्मको यन्त्र बीमा पनि उपलब्ध गराइनेछ।

ईएमआई सेवाका लागि ग्राहकले केवल आफ्नो नागरिकताको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने कम्पनीले जनाएको छ।

सामसङका अनुसार, ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ मा नयाँ फिचरहरूसँगै डिजाइनमा सुधार गरिएको छ, जसले प्रयोगकर्तालाई स्मार्टफोनको नयाँ अनुभव दिनेछ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ८ : ४५ बजे