एजेन्सी । विवाहको सिजन नजिकिँदै गर्दा चीनमा सुनका गहनाको बिक्री बढेको छ ।
अक्टोबरमा चीनको विवाहको मौसम मानिन्छ र विवाहको लागि अत्यावश्यक सुनका गहनाको देशभर माग उच्च छ ।
शेन्जेन शहरको गहना केन्द्रमा, नयाँ विवाहित जोडीहरू एवम विवाहको तयारीमा रहेका जोडीहरु पसलहरूमा भरिभराउ देखिन्छन् । जसका लागि सुनको व्यापार बढाएको छ ।
एक उपभोक्ता भन्छन्,‘हाम्रो विवाहमा सुनका लागि मात्र भनेर १४ हजार अमेरिकी डलरको बजेट छ । मूल्य अझ बढ्नु अघि नै सुन किन्न आएका हौं ।’
सुनको मूल्यमा भएको वृद्धिबाट चाँडै विवाह गर्ने जोडीहरू विचलित छैनन् । जसका कारण बजारका खुद्रा विक्रेताहरूले बिक्री राम्रो भइरहेको छ ।
शेन्जेन शुइबेई बजारमा सुन पसल चलाइरहेका लिन वेनबिङले आजकल, सुनको मूल्य लगभग प्रतिदिन दुई अमेरिकी डलरले बढिरहेको भएपनि बिक्री पहिलेभन्दा पनि राम्रो भइरहेको बताए ।
विश्लेषकहरूका अनुसार यस वर्ष अहिलेसम्म विश्वव्यापी सुनको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेको छ । (एएनआइ)
प्रतिक्रिया