काठमाडौँ । ‘आमाको सपना’ बोलको राष्ट्रिय भावले ओतप्रोत गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गायकद्धय डेविड शंकर, सबिन सुवेदी र गायिकाद्धय बेनिशा पौडेल, सरु गौतमको स्वर रहेको राष्ट्रिय गीतमा बरिष्ठ साहित्यकार नारद पोखरेलका शब्द शृजना छन् ।
दीपक शर्माको संगीत सृजना रहेको गीतले देशको पछिल्लो अवस्थालाई समेत नजिकबाट चित्रण गरेको गीतकार पोखरेल बताउँछन् । पुरुषोत्तमम सुवेदीको एरेन्ज, नरेन्द्र वियोगीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा रश्मि भट्टसहित गायकद्धय डेविड, सबिनका साथमा गायिकाद्धय बेनिशा र सरुसहित गीतकार पोखरेल, संगीतकार शर्मा तथा सुजिता पोखरेलको अभिनय रहेको छ ।
जन्मभूमिप्रति सर्मपित राष्ट्रिय भाव बोकेको गीतको भिडियोले अब फुटेर नभई जुटेर मात्रै देशको विकाश सम्वभ हुने भावनालाई समेटेको छ । भिडियोले अबको देशको जिम्मेवारी युवाको काँधमा आएको भन्ने सन्देश दिएको छ ।
प्रतिक्रिया