काठमाडौं । सर्जक सुमन सौरभको छैठौँ लघुकथाकृति ‘रे’ मंगलबार काठमाडौंमा लोकार्पण गरिएको छ। ठमेलमा आयोजित कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, कवि नरेन्द्रकुमार नगरकोटी र तुलसीहरि कोइरालालगायतले पुस्तक सार्वजनिक गरे।
प्रा.डा. गौतमले सौरभको लघुकथामा बौद्धिकता झल्किने उल्लेख गर्दै उनको लेखन प्रयोगधर्मी रहेको बताए। लघुकथा समाजका संस्थापक अध्यक्ष रोदनले सौरभले यो विधामा परिवर्तनकारी भूमिका खेलेको भन्दै ‘रे’ का प्रत्येक लघुकथामा गहिरो अर्थ रहेको टिप्पणी गरे।
कलम प्रकाशनका नगरकोटीले पुस्तक प्रकाशनका विभिन्न पक्षबारे बोले भने समाजका अध्यक्ष कोइरालाले कृतिमा मौलिक आख्यानको स्वाद भेटिने बताए।
कृतिकार सौरभले कार्यक्रममा बोल्दै लघुकथा लेखनको पृष्ठभूमिबारे जानकारी दिँदै ‘रे’ भित्रका कथामध्ये एउटा कथा लेख्न छ महिनासम्म समय लागेको बताए।
प्रतिक्रिया