Logo

अर्थ

सुनको मूल्यमा ऐतिहासिक वृद्धि, प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो



काठमाडौं – नेपाली बजारमा सोमबारको तुलनामा मंगलबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (असोज ७) सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो।

सुनको मूल्य एकैदिनमा ३ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो। सोमबार (असोज ६) सुनको मूल्य २ लाख १७ हजार ८ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाँले वृद्धि भई प्रतितोला २ हजार ६८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुका साथै डलर विनिमय दरमा आएको उतारचढावले नेपाली बजारमा समेत सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १२ : ०६ बजे