काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । आज (मंगलबार) बसेको बैठकको लागि सातवटा मुख्य एजेण्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
उनले बैठकको क्रममा पत्रकारहरूसँग अन्तक्रिर्याको लागि भनेर अपरान्ह १ बजे र बैठक सकिए पश्चात ४ बजेको लागि समय तोकिएको पनि जानकारी दिएका छन् ।
बैठकका एजेण्डामा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन एवं विभाग, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशनलगायत विषय छन् ।
प्रतिक्रिया