मेष राशि
कुनै नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। काममा केही चुनौतीहरू देखिनेछन् र फजुल खर्च पनि बढ्नेछ। सहयोग गर्नेहरू कमै भेटिनेछन्। तापनि पहिलेको सफलताले हौसला जगाउनेछ।
बृष राशि
परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला।
मिथुन राशि
मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ। अथवा, कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ।
कर्कट राशि
सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। तापनि मिहिनेत गर्दा कामा बन्नेछ। विवादास्पद काममा जुट्नुपरे पनि धन आर्जन गर्न सकिनेछ।
सिंह राशि
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोली–व्यवहारकै भरमा काम सम्पादन हुनेछ। अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ।
कन्या राशि
समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ।
तुला राशि
खर्चिलो काम गर्नुपर्दा अर्थअभाव देखा पर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला।
बृश्चिक राशि
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
धनु राशि
विभिन्न अवसर प्राप्त हुनेछन्। तर पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्न सक्छ। ठूलो भागको मोहले पनि समस्या निम्त्याउनेछ। त प्रयासले स्थितिमा सुधार ल्याउनेछ।
मकर राशि
विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ।
कुम्भ राशि
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला।
मीन राशि
पछिका लागि अवसर खोजी गर्ने समय छ। पेसा–व्यवसायमा भने विशेष लाभ उठाउन सकिनेछ। व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्।
प्रतिक्रिया