Logo

मुख्य समाचार

उद्योग वाणिज्य संघ जुम्लामा रोकाया सर्वसम्मत



सुर्खेत । उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा व्यवसायी दिल बहादुर रोकाया सर्वसम्मत निर्वाचित भएका छन् । संघमा रोकायाको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ ।

संघको अन्य पदाधिकारीमा वाणिज्यमा उपाध्यक्षमा डम्बर कुमारी खड्का, उद्योग उपाधणयक्षमा बालकृष्ण बुढा र महिला उपाध्यक्षमा सुनिता श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन समितले जनाएको  छ । संघको महासचिवमा महासचिवमा देवेन्द्रराज उपाध्याय र कोषाध्यक्षमा अनुपमा रोकाया चयन भएका छन्।

त्यस्तै संघको खुला सदस्यमा मन्न थापा, मेगराज देवकोटा, टेकेन्द्र प्रसाद नगरकोटी, भगवती थापा र राष्टु कठायत निर्वाचित भए ।

महिला सदस्यमा रम्वा भन्डारी, जनजाती सदस्यमा नन्द बहादुर गुरुङ, दलित सदस्यमा हरि बहादुर सार्की, एसोसिएट सदस्यमा रवि मनिहार र वस्तुगत सदस्यमा ज्ञान बहादुर विक निर्वाचित भएका छन्।लेखा समिति संयोजकमा जीवन कठायत, सदस्यमा कृष्ण चौलागाई र अटल शाही निर्वाचित भएको निर्वाचन अधिकृत दिल बहादुर महतले जानकारी दिए। निर्वाचित पदाधिकारीलाई सोमबार शपथ ग्रहण गराइने उनले जानकारि दिए।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : ५० बजे