Logo

मुख्य समाचार

मंसिरमा विशेष महाधिवेशनको प्रस्ताव प्रचण्डको



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले सबै कमिटी विघटन गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । पार्टीभित्र नेतृत्वको कार्यशैलीबारे आलोचना बढेको र हालको जेनजी आन्दोलनले थप दबाब सिर्जना गरेको कारण यस्तो प्रस्ताव आएको सचिवालय स्रोतले जनाएको छ ।

माओवादीका उपमहासचिव जनार्दन शर्मा लगायतका नेताले नेतृत्व परिवर्तनको माग गर्दै आएका छन् । संविधान दिवसको अवसरमा आयोजित सभामा प्रचण्डले नेतृत्व फेर्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : २६ बजे