Logo

खेलकुद

नेपाली क्रिकेट टोलीलाई यूएईले भिसा प्रदान, असोज ६ गते प्रस्थान



काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई युनाइटेड अरब इमिरेट्स (यूएई)ले भिसा प्रदान गरेको छ । यसअघि भिसा अस्वीकार भएपछि अनिश्चितता बनेको खेल अब तय मितिमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली टोली असोज ६ गते यूएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनले सन् २०२५ सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इमिरेट्समा आयोजना हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय खेलका लागि भिसा प्राप्त भएको जानकारी दिए ।

यसअघि नेपाली टोली शुक्रबार (असोज ३) प्रस्थान गर्ने तालिका थियो । तर भिसा नपाएपछि तालिका परिवर्तन गरिएको क्यानले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ३ : ०७ बजे