काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम गर्ने व्यवस्था स्थगित गरेको छ।
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीका अनुसार नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार यो व्यवस्था तत्कालका लागि रोकिएको हो। गत चैतदेखि नेप्सेले दिउँसो २:४५ देखि ३:०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्ने व्यवस्था लागू गरेको थियो।
पराजुलीका अनुसार स्थगित व्यवस्थाको सोमबार प्राविधिक परीक्षण हुनेछ र मंगलबारदेखि पुनः लागू गरिनेछ। गत फागुनमा संशोधित धितोपत्र कारोबार सञ्चालन विनियमावलीले अन्तिम कारोबार मूल्य निर्धारणका लागि यही आधार तय गरेको थियो।
प्रतिक्रिया