Logo

अर्थ

विदेशी मुद्राको नयाँ विनिमयदर तोकियो



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा तोकिएको छ।

युरोको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ। स्वीस फ्रयांकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

यसैगरी, अस्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५ पैसा, क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३१ पैसा, सिंगापुर डलरको खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा तोकिएको छ।

जापानी येन (१०) को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआनको खरिददर १९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १९ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ (१००) को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

कुवेती दिनारको खरिददर ४६० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ४८ पैसा, बहराइन दिनारको खरिददर ३७३ रुपैयाँ र बिक्रीदर ३७४ रुपैयाँ ५९ पैसा, ओमानी रियालको खरिददर ३६५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा परिमार्जन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दरमा भिन्नता हुन सक्ने जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ४४ बजे