मेष राशि
कुनै अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्य(चिन्ताले अध्ययनमा बाधा हुनेछ।
बृष राशि
बेसुरमा वचन दिने बानीले व्यवहारमा अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला। अवसर हातपार्न निकै मेहनत गर्नुपर्ला।
मिथुन राशि
नयाँ योजनाका साथ नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। हिम्मतले जटिल कामसमेत सम्पादन गर्न सकिनेछ। मेहनतले दैनिकीमा परिवर्तन आउनेछ।
कर्कट राशि
खर्चिलो काम थाल्नाले समस्या पर्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।
सिंह राशि
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।
कन्या राशि
आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चिताएका काम गर्ने क्रममा बाधा आउन सक्छ।
तुला राशि
आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। दिगो काममा लगानी गर्ने मौका छ।
बृश्चिक राशि
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ।
धनु राशि
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला।
मकर राशि
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला।
कुम्भ राशि
घुमफिर तथा मनोरञ्जनको समय छ। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
मीन राशि
प्रयत्न गर्दा स्रोतसाधन जुटाउन सकिनेछ। पछिका लागि लगानी गर्नुपर्ने समय छ। खर्च लागे पनि उपलब्धिले दिन उत्साहजनक रहनेछ।
प्रतिक्रिया