काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपालमा ऊर्जा क्षेत्र विकासका लागि अहिलेको समय सुनौलो अवसर भएको बताएका छन् ।
दक्षिण कोरियाबाट शुक्रबार फर्किएलगत्तै बाह्रखरीसँगको कुराकानीमा शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा ऊर्जा क्षेत्रमा काम गर्न सहज भएको बताएका हुन् । उनले हाललाई जिम्मेवारीबोध र नयाँ पुस्ताको आकांक्षा बुझेर अघि बढ्ने अवसरको रूपमा लिने बताए ।
शाक्यले विद्युत प्राधिकरणमा इमानदारीका आधारमा काम गरिरहेको बताउँदै व्यक्तिगत कठिनाइबीच पनि संस्थालाई गन्तव्यमा पुर्याउने प्रतिबद्धता दोहोर्याए । उनले “घर वा गाडी नष्ट भए पनि देश र जनताको सेवामा २४ घण्टा खटिन तयार” रहेको बताए ।
ऊर्जामन्त्री घिसिङ ऊर्जा क्षेत्रको विकासमा निरन्तर लागिपरेको भन्दै शाक्यले त्यस यात्रामा आफू सारथीका रूपमा रहने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया