Logo

समाचार

देउवाको टाउकोमा १२ टाँका, सैनिक अस्पतालमा उपचार जारी


३ आश्विन २०८२, शुक्रबार  

92
Shares

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण हुँदा टाउकोमा गम्भीर चोट लागी १२ टाँका लगाइएको छ। उनको हाल सैनिक अस्पतालमा उपचार भइरहेको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन्।

विश्वकर्माका अनुसार, गर्दनभन्दा माथिल्लो भागमा चोट लागेपछि चिकित्सकले तत्काल टाँका लगाएका हुन्। हालसम्म देउवालाई कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मात्र भेटेका छन्।

डाक्टरको निगरानीमा रहेका देउवाले अस्पतालभित्र सामान्य हिँड्डुल गर्न थालेका छन्। तर केहीबेर उभिँदा चक्कर आउने र बोल्दा थकाइ लाग्ने लक्षण देखिएकाले उनलाई निगरानीबाहिर जान नहुने सल्लाह चिकित्सकले दिएका छन्।

विश्वकर्माले देउवा अझै केही दिन अस्पतालमै रहने बताएका छन्। घर जलाइएकाले डिस्चार्जअघि बस्ने ठाउँ टुंगो लगाउने प्रक्रिया जारी रहेको उनले जानकारी दिए। देउवाकी पत्नी डा. आरजु राणाको चोटपटकबारे भने विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ३ : ५७ बजे