काठमाडौं । सर्वदलीय नागरिक समाजले अन्तरिम प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गर्ने निर्णय संविधानसम्मत नभएको ठहर गरेको छ । समाजले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई सुझावपत्र बुझाउँदै संसद् विघटनको कदमले अन्तरिम सरकार र राजनीतिक दलबीच दुरी बढाएको र संविधानको रक्षामा उभिएका पेसागत संघसंस्थाको आस्थामा आघात पुगेको उल्लेख गरेको छ ।
सुझावपत्रमा संविधानका केही धारामा लागेको ग्रहण अस्थायी रहोस् भन्ने अपेक्षा व्यक्त गर्दै चुनावको मिति तोकिइसकेको अवस्थामा सबै पक्षले निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुपर्ने समाजको धारणा छ ।
आन्दोलनकारीको मागअनुसार बनेको अन्तरिम सरकारले तोकिएको समयमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनु वर्तमान सरकारको प्रमुख दायित्व भएको समाजले औंल्याएको छ ।
प्रतिक्रिया