Logo

अर्थ

धितोपत्र बोर्ड अन्तिम १५ मिनेटको आधारमा मूल्य निर्धारण गर्ने नियम हटाउने तयारी



काठमाडौं । नेपाल धितोपत्र बोर्डले अन्तिम १५ मिनेटको सेयर कारोबारका आधारमा अन्तिम मूल्य तोक्ने नियम हटाउने तयारी गरेको छ। लगानीकर्ताको विरोधपछि लागू भएको ६ महिनामै उक्त नियम हटाउन बोर्डले प्रक्रिया अघि बढाएको हो।

गत चैत ७ गतेदेखि बोर्डले अन्तिम १५ मिनेटको कारोबारको आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था गरेको थियो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पनि २:४५ देखि ३ बजेसम्मको भारित औसत मूल्यलाई अन्तिम मूल्यका रूपमा प्रयोग गर्दै आएको थियो।

बिहीबार लगानीकर्ताहरूले बोर्ड कार्यालय अगाडि प्रदर्शन गर्दै नियम खारेज गर्न माग गरेका थिए। बोर्डका अनुसार आगामी कारोबारदेखि नै उक्त व्यवस्था हटाउने विषयमा छलफल भइरहेको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ८ : १० बजे