Logo

मुख्य समाचार

सुनसरीमा बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २२ घाइते



इनरुवा — सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बिहान भएको बस–ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र.१–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले सडक किनारमा बिग्रिएर रोकी राखिएको ना.६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिए।

दुर्घटनामा मृत्यु भएकामध्ये एक जनाको जिल्ला अस्पताल इनरुवामा र अर्कोको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवैजनाको सनाखत हुन बाँकी छ।

घाइते २२ जनाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित ग्लोबल कार्डियो एण्ड न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १ : ५६ बजे