Logo

प्रदेश

दार्चुलामा फरार ७१ मध्ये ५८ कैदीबन्दी कारागार फर्किए



दार्चुला — जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जिल्ला कारागार दार्चुलाबाट फरार भएका ७१ मध्ये ५८ जना कैदीबन्दी पुनः कारागार फर्किएका छन्।

जिल्ला कारागारका जेलर सरीता चन्दका अनुसार फरार मध्ये दुई जना कैदीबन्दी सम्पर्कमा छन् भने बाँकीको खोजी भइरहेको छ। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार फरार कैदीबन्दीहरूको विवरण हुलियासहित सबै निकायलाई पठाइएको छ।

प्रशासनले फरार कैदीबन्दी र थुनुवालाई तुरुन्त सम्पर्क गर्न र कानुनको पालना गर्न सार्वजनिक सूचना जारी गरेको छ। कारागारमा रहेका ७७ मध्ये आन्दोलनअघि ६ जना मात्र कारागारमै बसेका थिए।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १ : ४२ बजे