काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग टेलिफोन वार्ता गरेका छन् । वार्तामा प्रधानमन्त्री मोदीले हालैको घटनामा नेपाली नागरिकको ज्यान गएकोप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरेका छन् । उनले नेपालमा शान्ति र स्थिरता कायम गर्न प्रधानमन्त्री कार्कीको प्रयासप्रति भारतको दृढ समर्थन रहने बताएका छन् । साथै, प्रधानमन्त्री मोदीले नेपाल दिवस (राष्ट्रिय दिवस) को अवसरमा प्रधानमन्त्री कार्की र नेपाली जनताप्रति शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया