Logo

मुख्य समाचार

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता



काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विषयमा छलफल भएको छ।

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिँदै नेपाल–भारतबीचको पुरानो मैत्रीपूर्ण सम्बन्धको स्मरण गराइन्। उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी पनि गराइन्।

प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १ : १३ बजे