Logo

समाचार

आगो लगाइएपछि पहिलोपटक सर्वोच्चमा इजलास बस्दै



काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा गत भदौ २४ गते सर्वोच्च अदालतमा आगो लगाइएपछि बिहीबार (असोज २) पहिलोपटक इजलास बस्ने भएको छ। आगलागी भएको नौ दिनपछि त्रिपालमुनि अस्थायी रुपमा इजलास सञ्चालन गर्न लागिएको सर्वोच्च प्रशासनले जनाएको छ।

सर्वोच्चका अनुसार बिहीबार दुईवटा एकल इजलास बस्नेछन्। दुवै इजलासमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाहरू मात्र हेर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ११ : २० बजे