चितवन — जेनजी आन्दोलनका कारण बन्द रहेको मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ। केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार भदौ २३ र २४ गतेको प्रदर्शनपछि २५ गतेदेखि सेवा स्थगित गरिएको थियो। एक सातापछि सेवा पुनः सञ्चालनमा आएको हो।
उनका अनुसार बन्द अवधिमा केबलकारको नियमित मर्मत तथा सम्भारको काम सम्पन्न गरिएको छ। गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामाई मन्दिर जाने दर्शनार्थीको सहज आवागमनका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो। यसको प्रवेशद्वार चितवनको इच्छाकामना–४, चेरेसमा रहेको छ।
प्रतिक्रिया