काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड)का लागि नेपालबाट ४३४ खेलाडी दर्ता भएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार ३२ खेलमा सहभागी हुने गरी बुधबारसम्म दर्ता प्रक्रिया पूरा गरिएको हो।
एनओसीले सार्वजनिक गरेको विवरणअनुसार दर्ता भएका खेलाडीमध्ये २३९ पुरुष र १९५ महिला छन्। खेलाडीहरूको नाम ‘इन्ट्री बाइ इन्ट्री’ प्रक्रियामार्फत दर्ता गरिएको हो।
एसियाड जापानका आइची र नागोया सहरमा सन् २०२६ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ। आयोजकले मंगलबार दर्ताको अन्तिम मिति तोकेकोमा नेपालले सोही दिन दर्ता पूरा गरेको हो।
एनओसीका अनुसार एथलेटिक्सतर्फ लामो दुरी म्याराथनमा एक पुरुष र एक महिला गरी दुई खेलाडी दर्ता भएका छन्।
प्रतिक्रिया