Logo

मुख्य समाचार

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच भोलि टेलिफोन वार्ता



काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भोलि (बिहीबार) टेलिफोन वार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा फागुनमा हुने निर्वाचनका लागि आवश्यक सहायता र पुनर्निर्माणलगायतका विषयमा छलफल हुनेछ।

भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए। सोही क्रममा मोदी–कार्कीबीच टेलिफोन वार्ता गर्ने सहमति बनेको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि मोदीले सामाजिक सञ्जालमार्फत र सार्वजनिक कार्यक्रममा कार्कीलाई बधाई दिएका थिए। भारतीय विदेश मन्त्रालयले समेत नेपालमा भएको राजनीतिक परिवर्तनको स्वागत गर्दै नेपालमा शान्ति र स्थिरता कायम गर्न भारत निरन्तर सहयोग गर्ने जनाएको छ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ७ : २५ बजे