Logo

खेलकुद

एमएलएसमा इन्टर मियामीको सिएटलमाथि ३–१ को जित



काठमाडौं । अमेरिकन मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले सिएटल साउन्डर्सलाई ३–१ ले पराजित गरेको छ । मंगलबार फ्लोरिडास्थित चेस रंगशालामा भएको खेलमा मियामीका कप्तान लियोनल मेसी, जोर्डी अल्बा र इयान फ्रेले एक–एक गोल गरे ।

खेलको १२औँ मिनेटमा अल्बाले अग्रता दिलाएका मियामीका लागि ४१औँ मिनेटमा मेसीले गोल गरी अन्तर दोब्बर बनाए । ५२औँ मिनेटमा फ्रेले गोल गर्दा मियामी ३–० ले अघि बढ्यो । सिएटलका ओबेड भर्गासले ६९औँ मिनेटमा एक गोल फर्काए पनि टोली हारबाट जोगिन सकेन ।

यो जितपछि एमएलएसको इस्टर्न कन्फरेन्समा मियामीको अंक ४९ पुगेको छ । मियामीले अब आगामी साउन ५ गते (सेप्टेम्बर २१) मा डीसी युनाइटेडसँग खेल्नेछ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ३ : ०१ बजे