Logo

समाचार

नयाँ बसपार्कमा यात्रुको चाप, दैनिक १५ हजार बाहिरिँदै



काठमाडौं – विजयादशमी र तिहार नजिकिँदै गर्दा काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको चाप तीव्र बनेको छ।

लोत्से बहुउदेश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लका अनुसार दैनिक चार–पाँच हजार यात्रु बाहिरिने नयाँ बसपार्कबाट हाल १२ देखि १५ हजार यात्रु निस्किन थालेका छन्। भदौ २३ र २४ गते ‘जेनजी’द्वारा भएको प्रदर्शनका कारण अवरुद्ध सार्वजनिक यातायात पुनः सञ्चालनमा आएपछि उपत्यका छाड्ने संख्या ६५ हजार नाघेको उनले जानकारी दिए।

यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकार निकायको बैठकले यस वर्ष दसैँका लागि अग्रिम टिकट नखोल्ने निर्णय गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार यात्रुको भीड सुरु भएकाले यस वर्ष दसैँ अवधिमा गृहजिल्ला जाने संख्यामा कमी आउन सक्ने देखिएको छ।

हाल नयाँ बसपार्कबाट ६५ भन्दा बढी जिल्लामा सार्वजनिक बस सेवा सञ्चालन हुँदै आएको छ। सरकारको निर्णयअनुसार घटस्थापना (असोज ६) देखि असोज २२ गतेसम्म नेपालभर रुट परमिट खुला गरिनेछ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १ : ५४ बजे