Logo

मुख्य समाचार

बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा



काठमाडौं – बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्।

पाठकले सोमबार प्रदेशसभामा दिएको राजीनामा पत्रमा भदौ २३ गते जेन–जीविरुद्धको प्रदर्शनका क्रममा राज्यको बल प्रयोगका कारण केही व्यक्तिको मृत्यु भएको घटनाप्रति आफू गहिरो भावविह्वल भएको उल्लेख गरेका छन्।

उक्त घटनापछि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरिसकेको स्मरण गर्दै उनले संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम आज आधिकारिक रूपमा पदत्याग गरेको जनाएका छन्।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  १२ : ४३ बजे