Logo

समाचार

चितवनमा बसमा ढुङ्गा खस्दा यात्रुको मृत्यु



चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बसमाथि ढुङ्गा खस्दा एक यात्रुको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मङ्गलबार साँझ तनहुँबाट नारायणगढतर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको बस इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुल नजिक पुग्दा सडकमाथिबाट खसेको ढुङ्गाले बसमा सवार एक यात्रु घाइते भएका थिए।

लमजुङ घलेगाउँकी ४६ वर्षीया ऐश्वर्या कामी घाइते भई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

घटनापछि बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेजकुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ४ : १९ बजे