काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिनभित्र सार्वजनिक गर्ने तयारी गरिएको एमालेले जनाएको छ।
जेन–जी आन्दोलन चर्किएपछि सेना सुरक्षार्थ पूर्वप्रधानमन्त्रीहरुलाई ब्यारेकमा राखेको थियो। हालसम्म शेरबहादुर देउवा र ओलीबाहेकका सबै पूर्वप्रधानमन्त्री सार्वजनिक भइसकेका छन्।
एमाले नेता महेश बस्नेतका अनुसार ओलीलाई पार्टी नेतृत्वको हैसियतमा सम्मानपूर्वक सार्वजनिक गरिनेछ। उनका अनुसार “१०औं हजार युवाले सहभागी भई ओलीलाई शानदार ढंगले स्वागत गर्ने व्यवस्था गरिएको” छ।
बस्नेतले ओलीले राष्ट्रको गौरव बढाउने मात्र काम गरेको र हिनताको कारण ठहरिने कुनै कार्य नगरेको दाबी पनि गरेका छन्।
प्रतिक्रिया