काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा मंगलबार साँझ ५ बजे प्राधिकरणमा हाजिर भई नियमित काममा फर्किएका छन्।
केपी शर्मा ओली नेतृत्वको सरकारले ओझालाई पदमुक्त गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले भदौ २३ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ओझालाई अध्यक्षको रूपमा काम गर्न अनुमति दिएको थियो।
जेनजी आन्दोलनका कारण प्राधिकरण बन्द रहँदा मंगलबारदेखि मात्र कार्यालय पुगेको ओझाले बताए।
ओझालाई बर्खास्त गरेपछि अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अस्थायी रूपमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएको थियो। मन्त्रालयले नयाँ अध्यक्ष नियुक्त गर्न सातदिने सूचना जारी गरी आवेदन माग्दा १४ जना इच्छुकले आवेदन दिएका थिए। तर, सर्वोच्चको आदेशपछि नयाँ अध्यक्ष छनोट प्रक्रिया रोकिएको छ।










प्रतिक्रिया