काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा द्विपक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको छ । प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्य निर्वाचन भएकाले त्यसमा सहयोगको आग्रह गरेकी थिइन् ।
भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार सन्देशमा नेपाल–भारतबीचको मित्रता र सहयोगलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रतिक्रिया