Logo

समाचार

दसैँको टीकाको उत्तम साइत ११:५३ मा



काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सो दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने छ ।

समितिका अनुसार असोज ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाका दिन जमरा राख्ने साइत छ । सरकारी कार्यालयमा झन्डा फेर्ने साइत असोज ७ गते बिहान ९ बजेर ५३ मिनेटमा तोकिएको छ ।

यसैगरी असोज १३ गते बिहान ७ बजेर १५ मिनेटमा फुलपाती भित्र्याउने साइत तय गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ७ : १२ बजे